नेकपा (एस) नीलकण्ठ १० बाट वडा अध्यक्षमा ४ जनाको दावी

Avatar photo
Dhadingpost
चैत्र २७, २०७८

धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगरपालिका १० बाट वडा अध्यक्षको उम्मेद्वारीका लागि ४ जनाले दावी गरेका छन् ।

वडा बैठकमा आफु वडा अध्यक्ष पदका लागि योग्य र जितका लागि पार्टीले वडा अध्यक्षको टिकट दिनु पर्ने दावी सहित ४ जना आकांक्षी रहेपछि नाम छनोटको लागि पालिका कमिटीमा प्रस्ताव गरिएको बताईएको छ ।

वडा अध्यक्ष दावी गर्नेहरुमा टिकानीधि कडरिया, मोतिराम पाठक, शंकरजंग इटनी र विजेश्वर पाठक रहेका छन् । यस्तै महिला सदस्यका लागि गौरीमाया इटनी, खुल्ला सदस्यका लागि टुकराज काराखेती, मछिन्द्र पाठक, नुनबहादुर थापामगरले उम्मेदवारी दावी गरेका छन् ।

यस अघि ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका गणेश थापाले ३९९, कांग्रेसका ४५७, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।