नेकपा एमालेले नीलकण्ठ २ मा तिलक गुरूङलाई उठाउने

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

गंगालाल गुरुङ,
धादिङ ।
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नीलकण्ठ २ मा उम्मेद्वार चयन गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नं २ चिसापानी निवासी तिल बहादुर गुरूङ (तिलक) लाई वडा कमिटीले सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेद्वार चयन गरेको हो ।

२०३६ सालदेखि राजनैतिक क्षेत्रमा होमीएका गुरुङ बहुदल पक्षमा वकालत गर्दै २०४६ सालदेखि एमालेको पार्टी सदस्य हुदै राजनीति जीवनमा सक्रिय गुरुङलाई एमालेले वडा अध्यक्षको लागि चयन गरेका हुन ।

२०५४ सालको स्थानीय निवार्चनमा साविक नीलकण्ठ वडा नं ८ बाट कुल सदर मत २०० मध्ये गुरुङले १३७ मत प्राप्त गरी विजयी भएका थिए । जनताको सेवामा समर्पित हुदै गुरुङले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरी सोही साल देखी नै नीलकण्ठ गाउँ कमिटीको सदस्य प्राप्त गरी जिम्मेवारी वहन गर्दै आएका छन् ।

२०६४ सालदेखि नेकपा एमाले धादिङ क्षेत्र नं २ का क्षेत्रीय सदस्य हुदै हाल नीलकण्ठ २ का वडा कमिटी अध्यक्ष समेत रहेका गुरुङलाई वडा कमिटीको बैठकले सर्वसम्मत रूपमा वडा अध्यक्षका लागि सिफारिस गरिएको हो । यस संगै धादिङको नीलकण्ठ २ का गाउँ गाउँमा चुनावी रौनक र चहल पहल बढन थालेको छ । गठबन्धनको तर्फबाट उम्मेद्वार साझा तोकिने भएपछी दुई पक्षीय प्रतिष्पर्धा हुने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा यस वडाको अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको थियो । जसमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ ७०७ मत ल्याई विजयी बने उनको प्रतिपर्धी नेकपा एमालेका जीतलाल गुरुङ ५७५ मत, डोलबहादुर मगरले ५०३ मत ल्याएका थिए ।