नीलकण्ठ १३ मा माओवादीले वडा अध्यक्षमा प्रेमबहादुर गुरुङलाई उठाउने

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

धादिङ । माओवादी केन्द्रको तर्फबाट नीलकण्ठ नगरपालिका वडा नं. १३ को अध्यक्षमा प्रेमबहादुर गुरुङ उम्मेदवारी दिने भएका छन् । गठबन्धन हुँदा माओवादीले नीलकण्ठ १३ पाउँदा वा माओवादी उक्लै चुनावी मैदानमा रहँदा गुरुङले उम्मेदवारी दिने वडा कमिटीको बैठकले निर्णय गरेको छ ।

यसै गरी वडा बैठकले वडा सदस्यमा तुलबहादुर गुरुङ, रेशम आचार्य, टोपमाया गुरुङ र जुनकेरी गुईँदेलको उम्मेद्वारी रहने जनाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा यस वडाबाट अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो जसमा कांग्रेसका होमबहादुर गुरुङ ८२८ मत ल्याई विजयी भएका थिए र उनको प्रतिस्पर्धीहरु एमालेका गोरे गुरुङ ३६५, माओवादी केन्द्रका डम्बरबहादुर थापा ४४, रुद्रबहादुर गुरुङ नयाँ शक्तिले १३ मत ल्याएका थिए ।

बैठकले बिभिन्न टोल कमिटि ईन्चार्ज र ज।व।स।मोर्चाको वडाईन्चार्जहरु पनि तोकेको छ । भोर्लेमा टंकबहादुर गरुङ, खल्चेतमा सोमबहादुर गुरुङ, मदनखर्कमा देउबहादुर गुरुङ, किराखोरमा रामप्रसाद दाहाल, लाहुरेगाउँ र आचार्यगाउँमा रेशम आचार्यलाई ईन्चार्ज तोकेको छ ।