जगत सिंखडाद्वारा दोङ्देन माविमा नियमित छात्रवृति प्रदान

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

धादिङ । धादिङ जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको रुबीभ्याली २ स्थित दोङ्देन माध्यामिक विद्यालय तिप्लिङको कक्षा १० मा अध्ययनरत उत्कृष्ट एक जनालाई धादिङका प्रदेश सांसद जगत सिंखडाले नियमित छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

सांसद सिंखडाले श्रीमती लक्ष्मी सिंखडाको बस दुर्घटनामा परि निधन भए सँगै लक्ष्मी स्मृतिमा आफु बाचुनजेल उक्त विद्यालयमा अध्ययरत कक्षा १० को उत्कृष्ट १ जना विद्यार्थीलाई नगद ७ हजार छात्रवृत्ति घोषणा गरेका थिए । सांसद सिंखडाले श्रीमती लक्ष्मी सिंखडाको स्मृतिमा रुबीभ्यालीमा मन्दिर चौतारो समेत निमार्ण गरेका छन् ।

सोहि घोषणा अनुरुप नियमित प्रदान गरिँदै आएको उक्त छात्रवृत्ति रकम यसवर्ष लोलन्स तामाङलाई प्रदान गरिएको हो ।
उक्त रकम माओवादी केन्द्र रुबीभ्याली २ का अध्यक्ष रामबहादुर तामाङले हस्तान्तरण गरेका थिए । गत वर्ष उक्त छात्रवृत्ति एन्जिला तामाङलाई प्रदान गरिएको थियो ।

x