
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा जारी १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिताको पुरस्कार राशी १ लाख २५ हजार प्रथम, ६० हजार द्वितिय, फेमिफाईनल पुग्ने टिमलाई १५ हजार पुस्कार रहेको छ ।
छार वाका राहा युवा क्लवको आयोजनामा चैत्र २२ गते देखि सुरुभएको यस प्रतियोगिताको पहिलो चरणका सबै खेलहरु सम्पन्न भैसेको र दोस्रो चरणका खेलहरु आजबाट सुरुहुने आयोजकले जनाएको छ ।
आज पाँचौ दिन यी खेलहरु हुँदै छन्
१. बिहान ९ बजे
कुरी भीजी युवा एकता समाज खम द राईजिङ युवा क्लव
२. बिहान ११ बजे
नव छितिज युवाक्लव बर्सुन्चेत खा बेङरुङ युवा क्लव
३. दिनको १ बजे
डुब्चे युवा क्लव खक अहिंसावादी युवा क्लव खनियाबास
४. दिनको ३ बजे
सानो किमताङ युवा क्लव खा चौतारा युवा क्लव
हिजो अर्थात चैत्र २५ गते सम्पन्न भएका खेल नतिजा
१. डवजोङ क्षेत्र संरक्षण यसवा क्लव सेमजोङ खक फलाटे युवा क्लव बी बीच पहिलो खेल भएको थियो जसमा फलाटेको १ गोलका विरुद्ध सेमजोङले ३ गोल गरेको थियो ।
२. डुप्चे युवा क्लव र कल्लबारी बीच दोस्रो खेल भएको थियो, जसमा कल्लबारीको १ गोलका विरुद्ध डुप्चेले ५ गोल गरेको थियो ।
३. किमताङ युवा क्लव र छार वाका राहा युवा क्लव ए बीच तेस्रो खेल भएको थियो जसमा छार वाकाको १ गोल विरुद्ध किमताङले ४ गोल गर्यो ।
४. हिजोको अन्तिम खेल ग्रीन हेपन त्रिशुली र न्यु टुडी मैबल बीच भएको थियो जसमा ग्रीन हेपनको १ गोलका विरुद्ध न्यु टुडीले ३ गोल गरेको थियो ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक तामाङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो ।


