
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा आजबाट १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिता सुरुभएको छ ।
छार वाका राहा युवा क्लवको आयोजनामा आजबाट सुरुभएको १२ औं वाका कपका खेल संयोजक सुक बहादुर गुरुङले म्याच रेफ्री नारायण अधिकारी बल हस्तान्तरण गर्दै उद्घाटन गरे सँगै सुरुभएको प्रतियोगितामा आज दुई खेलहरु सम्पन्न भएको दिपक तामाङले धादिङपोष्टलाई बताए ।
पहिलो खेलमा छार वाका युवा क्लव सी लाई शुन्यमा रोक्दै कुरी भीजी युवा एकता समाज सत्यदेविले २ गोल गर्दै विजय सुरुवात गरेको हो भने आजको दोस्रो खेलमा निर्धारित समयमा बराबरी भएपछि पेनाल्टीमा नवछितिज युवा क्लव बर्सुन्चेत लाई पराजित गर्दै जन जागरण युवा क्लव हजारेले विजय सुरुवात गरेको छ ।

भोली चैत्र २३ गत बिहान ८ बजे पहिलो खेल छार वाका राहा युवा क्लव डी र द राईजिङ युवा क्लव एम, बी बीच हुने आयोजकले जनाएको छ । १ लाख २५ हजार प्रथम, ६० हजार द्वितिय, फेमिफाईनल पुग्ने टिमलाई १५ हजार पुस्कार रहेको छ । प्रतियोगितामा ३१ टिमले भाग लिएका छन् ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक तामाङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो ।


