
धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका ३ को अध्यक्ष बन्नका लागि नेपाली काँग्रेसबाट ९ जना आकाक्षी देखिएका छन् ।
नेपाली काँग्रेस रुबीभ्याली ३ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना गरिएको वडा भेलामा ९ जनाले वडा अध्यक्ष बन्न इच्छा देखाएका हुन् ।
यी हुन् कांग्रेसबाट रुबीभ्याली ३ को अध्यक्षका आकांक्षी
प्रदीप कुमार तामाङ
क्रीसमान तामाङ
तेन्बा सेडुप तामाङ
कोन्छ्योङ हिसि लामा
जोखिम तामाङ
हिसे साङ्पो लामा
दुर्गमान तामाङ
प्रीती तामाङ
अजय तामाङ
भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरिने र पालिकाले राय सुझाव सहित क्षेत्रिय संसदीय बोर्डले दावेदारहरुबाट उम्मेदवार छनोट गर्ने छ ।
