
धादिङ । धादिङ जिल्ला अस्पतालका मेडिकल मेडिकल सुपरटेन्डेट डा.त्रिभूवनचन्द्र झा सिन्धुपाल्चोक प्रदेश अस्पताल सरुवा भएर गए सँगै धादिङ निमित्त प्रमुखको लागि सिनियर भन्दा जुनियरको चलखेल सुरुभएको छ ।
धादिङका मेडिकल सुपरटेन्डेट डा. झा सिन्धुपाल्चोक गई सकेका छन् भने भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई प्रदेशले धादिङ सरुवा गरेको भएपनि उनी धादिङ नआउने संकेत गरेपछि निमित्तका लागि धादिङ अस्पतलामा सिनियर भन्दा जुनियरले चलखेल सुरु गरेका हुन् ।
प्रदेशले धादिङ अस्पतालको निमित्तको जिम्मेवारी आफुले पाउने धादिङका स्थानीय मधुकर दाहालले बताउन थालेका छन् । कांग्रेस निकट स्वास्थ्यकर्मी मधुकर हेल्थ असिस्टेन्ट अधिकृत, सातौ तहका कर्मचारी हुन् । शैक्षिक योग्यताको हिसाबले मेडिकल अधिकृत पढेका उनी सातौं तहमा बढुवा भएको डेढ वर्ष मात्रै भएको छ । उनी बागमती प्रदेश मातहतको भन्दा संघीय सरकारको मातहतका कर्मचारी हुन् । यसअघि त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत उनी काजमा धादिङ अस्पताल आएका हुन् ।
मधुकर दाहाल भन्दा अगाडी ३ जना स्वास्थ्यकर्मीहरु सिनियर छन् तर प्रदेशको स्वास्थ्य मन्त्री कांग्रेसको भएकाले पनि धादिङ अस्पतालको निमित्त प्रमुख काँग्रेस निकट मधुकर बनेर आउन सक्ने स्रोतको दावी छ ।
यी हुन् तहगत रुपमा डा. मधुकर भन्दा अगाडी रहेका तीन स्वास्थ्यकर्मी
१. डा. नबिन गोसाई, डेन्टल सर्जन, आठौं तह ९ एम.डी. सकिसकेका विशेषज्ञ चिकित्सक पनि हुन साथै आठौं तहमा नियुक्त भएको पनि करिब ७ बर्ष भैईसकेको ।
२. मन कुमारी श्रेष्ठ, वरिष्ठ नर्सिङ अधिकृत, आठौं तह
३. पुष्पा अधिकारी, फिजियोथेरापिस्ट, सातौ तह (आठौं तहका लागि निवेदन दिएकी छिन्) ।
प्रदेश सरकारले विधि बाहिर गएर केहि महिना अगाडी अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुलाई हटाएपछि धादिङका महेन्द्र धमला अदालत पुगेर न्याय मागेका थिए र अदालतले धमलालाई जिल्ला अस्पतालको अध्यक्षमा कायम गरि दिएको थियो । अहिले पनि फेरि प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल सुपरटेन्डेट पठाउनु भन्दा निमित्त पठाउने तयारी गर्नु, त्यसमा पनि सिनियर भन्दा जुनियलाई जिम्मेवारी दिने तयारी गर्दा जिल्ला अस्पतालको सेवामा प्रभावित हुन सक्ने देखिएको छ ।
