
धादिङ । नेकपा एमालेले ज्वालामुखी धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भरत अर्याल चयन भएका छन् । मञ्चको उपाध्यक्षमा शालिकराम सिल्वालचयन भए ।
शनिबार सम्पन्न भेलाले काठमाडौंमा एमाले ज्वालामुखी काठमडौंका सचिवमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् भने सह–सचिवमा मनिष अधिकारी र समिक्षा अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा हिरा बहादुर राना निर्वाचित भएका छन् । मञ्चको प्रचार विभाग प्रमुखको जिम्मेवारी टेकमान शाक्यले पाएका छन् ।
यस्तै मञ्चको सदस्यमा सुनिता अधिकारी, तिलक अधिकारी, चित्र बहादुर आले, कमल पोखरेल, सुमन थापा, अनिल खनाल, ज्ञानबहादुर मगर, सुनिल श्रेष्ठ, समिक्षा परियार, भेषराज दुवाडी, कृषिका श्रेष्ठ, ठाकुर दुवाडी, टेकमान शाक्य, गणेश शाही, सुरज श्रेष्ठ र प्रकाश ढकाल निर्वाचित भएका छन् ।
यस्तै गणेश शाह, गौरब शाक्य, रेशम तुमसिङ, कुलबहादुर गिदेल, नुर बहादुर खुलाल, सुदिप पुलामी, यश कुमार श्रेष्ठ, बिकाराम सार्की, रविन्द्र छत्कुली, राम गिरी र सुजन दुवाडी पनि सदस्यमा निर्वाचित भएका छन् ।
मञ्चले गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, वाग्मती प्रदेश कमिटीका सचिव एवम् धादिङका इन्चार्ज खेम लोहनीलगायत नेताहरु सहभागी भएका थिए ।
