धादिङ लागि सन्देश घलेले कराँतेमा जिते स्वार्ण पदक

Avatar photo
Dhadingpost
चैत्र ९, २०७८

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत कराँते विधा तर्फ ६० केजी तौल समुहमा धादिङ सन्देश घलेले स्वर्ण पदक जितेका छन् ।

धादिङका लागि यस प्रतियोगितामा ब्याडमिण्टन तर्फ धादिङको महिला टिम, ५ हजार मिटरको दौडमा धादिङकी सन्तोषी श्रेष्ठ, २१ किलोमिटरको दौडमा धादिङकी लक्ष्मी थापाले स्वर्ण पदक जिति सकेका छन् भने अझै महिला फुटबल, बक्सिङका खेलहरु बाँकी नै छन् ।

धादिङका लागि कराँते विधा ६० केजी तौल समुहमा करन गुरुङ रजत पदक, ७५ केजी तौल समुहमा सरोज घले कास्य पदक जितेका छन् भने धादिङको क्रिकेट टिम फाईनलमा मकवानपुर सँग पराजित हुँदा रजत पदकमै चित्त बुझाउनु परेको छ ।