धादिङ समाज जापानले रक्तदान कार्यक्रम गर्दै

Avatar photo
Dhadingpost
चैत्र ३, २०७८

धादिङ । विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि जापानमा रहेकाहरुको संस्था धादिङ समाज जापानले यहि मार्च २७ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

समाजका अध्यक्ष दिनेश शर्मा लोहनीका अनुसार जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ! भन्ने नाराका साथ जापान रेडक्रससंग समन्वय गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रम
मिति: २०२२-०३-२७ आईतबार ११-१५बजेसम्म
स्थान: ईकेबुकुरो हिगासी गुची एकी माय
उक्त कार्यक्रमको बारेमा बिस्तृत बिबरणको लागी निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क
कृष्ण मगर -90 6530 7691
दिनेश अधिकारी -90 6532 2083
गोकर्ण रुपाखेति-70 3849 7676
ओम कुमार श्रेष्ठ-70 3887 1840
बिमल श्रेष्ठ-90 1771 6067
दिनेश लोहनी -70 3526 3801