सल्यानकोट माविमा अक्षयकोषका लागि आर्थिक सहयोग

Avatar photo
Dhadingpost
चैत्र ३, २०७८

हिमाल बोहोरा
धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका ५ स्थित सल्यानकोट माध्यामिक विद्यालय सुनपोखरीमा अभिभावक भेला तथा शिक्षक अभिभावक संघ पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यथा तथा उपाध्यक्ष देबि कुमारी पाण्डे बुर्लाकोटीको विशेष आतिथ्यथा रहेको उक्त कार्यक्रममा अक्षयकोष स्थापनार्थ ३ जनाले आर्थिक सहयोग गरेका छन् ।

अक्षय कोषका लागि कुमार धरेलले १ लाख ११ हजार१११, बद्री खड्काले आफ्न पिताको स्मृतिमा ६० हजार लिलानाथ पाण्डेले १० हजार आर्थिक सहयोग गरेका छन् । भेलाले कृष्ण बहादुर रिजालको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पुनर्गठन गरेको छ ।

x