त्रिपुरासुन्दरीमा अध्यक्ष कप भलिबल सकियो

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७८

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न छ ।

उक्त प्रतियोगितामा वडा नं २ प्रथम, वडा नं ६ द्वित्तीय र वडा नं ३ तृतीय भएका थिए । प्रतियोगिता फागुन २५ र २६ दुई दिन चलेको थियो ।

यस प्रतियोगितामा हरेक वडा बाट ११ टिम सहभागि थिए । टिममा पालिका भित्रै काम गरि रहेका अन्यत्रका नागरिकहरुले भाग लिन पाएका थिए भने अन्यत्रबाट बोलाएर कुनै पनि खेलाडीलाई टिममा राख्न दिईएको थिएन ।

x