
धादिङ । सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको नलाङ र कुम्पुर जोड्ने पक्की पुलको कालिदहमा आज एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा निमार्ण हुने उक्त ३० मिटर लामो पुल १८ महिनाभित्र सम्पन्न भई सक्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजार घुमेर सदरमुकाम झर्न सकिने छ ।
