चुनावमा काँग्रेस बाहेकको गठबन्धन बन्नसक्छ -तुलाधर

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७८

धादिङ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउँदै नेता गंगालाल तुलाधरले स्थानीय तहको निर्वाचनमा काँग्रेस बाहेकको गठबन्धन बन्न सक्ने बताएका छन् ।

नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए ।

उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि काँग्रेस गठबन्धन गरेर नजाने भनिरहेको आरोप लगाए ।

x