भालुको आक्रमणबाट घाईते रुबीभ्यालीकी, शान्तिमायाँलाई इराकबाट ६ लाख १६ हजार सहयोग

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित हिन्दुङमा गत मंसिर २९ गते भालुको आक्रमणबाट शान्तिमायाँ तामाङ गम्भीर घाईते भएकी थिईन ।

२५ वर्षिय शान्तिमायाँ तामाङलाई उपचारको लागि सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिएको थियो । उनको उपचार जारी रहेको र स्वास्थ्यमा सुधार आए सँगै इराकमा रहेका प्रकाश लामाको पहलमा संकलित रकम ६ लाख १६ हजार शान्तिमायाँ तामाङलाई हस्तान्तरण गरिएको छ ।

दिउँसो घाँस काट्न जाँदा अन्दाजी ३ बजेको समयमा भालुको आक्रमणमा पर्दा गम्भीर घाईते शान्तिमायाँको उपचार जारी रहेको र सुधारहुँदै गरेको स्थानीय दिनेश तामाङले बताए ।

x