
धादिङ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयको गणित प्रयोगशालमा नगरपालिका भरिका गणित शिक्षकहरुलाई सहभागि गराई एक दिने कार्यशाल सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला कै पहिलो गणित प्रयोगशाल नीलकण्ठ माविले तयार गरे सँगै नीलकण्ठ नगरपालिका भित्रका सरकारी तथा नीजि विद्यालयका ४५ जना गणित विषयका शिक्षकहरुको लागि एक दिने गणित प्रयोगशाला सम्बन्धी कार्यशाल सम्पन्न भएको हो ।
नीलकण्ठ माविले आयोजना गरेको यस कार्यशालमा गणित प्रयोगशालाको महत्व र आवश्यकताको बारेमा दयामान श्रेष्ठले सहजिकरण गरेका थिए ।
