धादिङको राम-लक्ष्मण जोडिलाई अर्को सफलता, जिते बागमती प्रदेश स्तरीय ब्याडमिण्टन

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०७८

धादिङ । धादिङ ब्याडमिण्टनमा उदाउँदै गरेको युवा पुस्ताका खेलाडी हुन्, राम-लक्ष्मण, यो दाजुभाईको जोडीले आज सम्पन्न वागमती प्रदेश स्तरीय पुरुष डबल्स ब्याडमिण्टन प्रतियोगिता-२०७८ जितेको छ ।

यो दुई भाईको जोडि फागुन ९ गते तनहुँको दमौलीमा सम्पन्न भएको व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता जितेर आए सँगै बागमती प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन हेटौंडा पुगेको थियो ।

नेकपा एमालेको नेपाल खुदकुद महासंघ बागमती प्रदेशले आयोजना गरेको यस प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लाले भाग लिएका थिए ।

मकवानपुरलाई हराउँदै फाईनल प्रवेस गरेको धादिङका यी दाजुभाईको जोडीले फाईनलमा चितवनलाई हराउँदै उपाधी चुमेको हो ।