
धादिङ । तनहुँको दमौलीमा भएको तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधी धादिङका दाजुभाईको जोडी राम लक्ष्मणले जितेका छन् ।
व्यास नगर व्याडमिन्टन क्लवले बिहीबारदेखि आईतबार सम्म दमौलीमा आयोजना गरेको चौथो मेयर कप व्याडमिन्टन प्रतियोगिता मा राम लक्ष्मणले पोखराको टिमलाई हराउँदै प्रथम भएको हो ।
पोखराको टिमलाई धादिङका यी दुई दाजुभाईको जोडीले सिधा सेट २३–२१ र २०–१५ मा पराजित गरेका थिए । प्रतियोगिता ए, बी, लेभल र महिला जोडीको खेल गराईएको आयोजकले जनाएको छ ।
- यस अघि पोखरामा पनि यो दाजु भाईको जोडी प्रथम भएको थियो
- यस अघि तनहुँको थर्पु ब्याडमिण्टन कप पनि धादिङका राममल्ल ठकुरीको जोडिले जितेको थियो
