
धादिङ । धादिङ जिल्ला व्यडमिण्टन संघले करिव १ करोड लगानीमा निमार्ण गरेको कभर्डहलको उद्घाटन सोमबार (भोली) बिहान पौने ९ बजे हुने भएको छ ।
नीलकण्ठ नगरपालिकाकाको आर्थिक सहयोगमा बनेको उक्त भवनमा राष्ट्रिय स्तरको प्रतियोगिता समेत गर्न सकिने गरि बनाईएको जिल्ला अध्यक्ष विष्णुलालश्रेष्ठले धादिङपोष्टलाई बताए ।
उक्त कभर्ड हल नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए । यस कभर्डहलको ०७७ भाद्र २९ गते एक विशेष समारोका बीच नगर प्रमुख ढुङ्गनाले नै गरेका थिए ।
धादिङमा मात्र तीन सय भन्दा बढी खेलाडीहरु व्याडमिन्टन संघमा आवद्ध छन् भने धादिङ जिल्लामा ५०० भन्दा बढीले व्याडमिन्टन खेल्ने गर्छन् ।
