धादिङमा ७७ जना कोरोना संक्रमित, सबैभन्दा धेरै धादिङ अस्पतालमा

Avatar photo
Dhadingpost
माघ १६, २०७८

धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७७ जनामा कोरोना संक्रमण पुष्टिभएको र सबै भन्दा धेरै जिल्ला अीपतलामा १९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धादिङमा आज नीलाकण्ठमा ३, धुनीबेसीमा ७, गजुरीमा ५, बेनिघाटमा ७, ज्वालामुखीमा १७, त्रिपुरासुन्दरीमा १२, गंगाजमुनामा ५, नेत्रवाती डवजोङमा २ र धादिङ अस्पतालमा १९ गरि ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजै धादिङमा डिस्चार्ज हुनेको संख्या ८५ रहेको छ।

जिल्लाको सक्रिय केश ६२० पुगेको छ भने ११ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । १४३ एण्टीजेन परिक्षण मध्य ७७ पोजिटिभ आएको छ । पोजिटिभिटी रेट ५३.८ % रहेको छ ।