मानबहादुर कप फुटबलको चौंथो दिन, आज यी टिमहरु खेल्दै छन्

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज चौंथो दिन ५ खेलहरु हुने छन् ।

आज चौंथो दिन हुने खेलहरु
विहान ७ः३० बजे: एसबीए A VS नागिनथान युवा क्लव
बिहान ९ः३० बजे: पर्माचेत समाज VS सेमजोङ B
मध्यान्न १२ः३० बजे: धादिङ फुटबल क्लव B VS बिदुर
दिनको २ बजे: तारकेश्वर दाङसिंङ नुवाकोट VS कुपा युवा क्लव
दिननको ३ः३० बजे: धादिङ फुटबल क्लव A VS म्हेन्दोफोले काउले

जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका छन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयोजक विद्यार्थी उपकार संघ पात्लेका उपाध्यक्ष सुरेश तामाङले धादिङपोष्टलाई बताए । फाईल फोटो
तेस्रो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा
पहिलो दिनको खेल नतिजा