
एजेन्सी । ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ ।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले”अर्थतन्त्रलाई थप क्षति पुर्याउने” बताए ।
जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन् । तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन् ।

