
काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले जारी आठौँ महाधिवेशनको बन्दसत्र आज दिउँसो १ बजे सम्मको लागि स्थगित गरेको छ ।
माओवादीले पार्टीको केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । नयाँ विधानअनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना आउनेछन् ।
समानुपातिकतर्फ क्लस्टरको संरचना अनुसार माओवादीको केन्द्रीय कमिटीमा खस–आर्यतर्फ– ४५ जनामध्ये पुरुष– १२, पुरुष युवा–तीन, महिला– २४ र महिला युवा– ६ जना, दलिततर्फ– २२ मध्ये पुरुष–६, पुरुष युवा– १, महिला– १२ र महिला युवा– ३ तथा मुस्लिमतर्फ– ७ मध्ये पुरुष– १, पुरुष युवा– १, महिला– ४ र महिला युवा– १ जना रहनेछन् ।
मधेसीतर्फ– २३ जनामा पुरुष– ६, पुरुष युवा– १, महिला– १३ र महिला युवा– ३ जना, आदिवासी जनजातितर्फ– ४३ जनामा पुरुष– ११, पुरुष युवा– ३, महिला– २३ र महिला युवा– ६ तथा थारूतर्फ– १० जनामा पुरुष– २, पुरुष युवा– १, महिला– ६ र महिला युवा– १ जना रहनेछन् । यसबाहेक अपांगतातर्फ– २ मा पुरुष– १ र महिला– १ तथा पिछडिएको क्षेत्रतर्फ– २ मध्ये पुरुष– १ र महिला– १ जना हुनेछन् । केन्द्रीय समितिमा १५ प्रतिशत मनोनीत हुनेछन् ।

