अन्तर्राष्ट्रिय धादिङ समाजमा ७ संरक्षक र २५ सल्लाहकार मनोनित

Avatar photo
Dhadingpost
पुस १०, २०७८

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो संगठनलाई पूर्णता दिँदै ७ सदस्यीय संरक्षक समिति र २५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समाजको बैठकले संरक्षक समितिमा समाजका निवर्तमान अध्यक्ष नानु काजी अर्याल, प्रा. डा. पदम सिमखडा, प्रा. डा. अर्जुन अर्याल, लोक प्रसाद दाहाल, रामशरण सिमखडा, आर. के. त्रिपाठी, अर्जुन धरेललाई मनोनित गरेको छ ।

यस्तै २५ सदस्यीय सल्लाहकार समितिमा मनोज गोर्खाली, उल्का घिमिरे, भूबन गुरुङ, प्रकाश धमला, कृष्ण प्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट, निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामांग, बाल कृष्ण श्रेष्ठ, प्रमोद भट्ट, तेज अर्याल, रबिन्द्र अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरबि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नर बहादुर घले, मनोज थापालाई चयन गरेको छ ।

यस अघि सम्पन्न समाजको बैठकले धादिङको बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनीलाई प्रवक्तामा चयन गरेको थियो । विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका धादिङ्गेहरुको साझा संगठनको रुपमा हेरिएको यस समाजको १० अक्टोबरमा सम्पन्न महाधिवेशनले राजन खकुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।

समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र साथ सम्पन्न उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन गरेको थियो ।

यस्तै सदस्यहरुमा नीरु त्रिपाठी अष्ट्रेलिया, सरद शर्मा दाहाल अष्ट्रेलिया, दिपेश सिंखडा अष्ट्रेलिया, रामबाबु दनै जापान, राजेश्वर बस्नेत जापान, सुजाता दुवाडी जापान, महिन्दो वाईवा बेल्जियम, बिशाल तिवारी बेल्जियम चयन भएका थिए।