
धादिङ । नेपाल डोरी तान संघ धादिङको आयोजनामा आज बिहान १० बजेबाट विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता धादिङबेसी स्थित खुल्लामन्च खेल मदानमा हुँदैछ ।
विद्यालय स्तयरी यस प्रतियोगितामा १२ कक्षा सम्मका विद्यार्थीले भाग लिने जिल्ला अध्यक्ष अमृत तामाङले धादिङपोष्टलाई बताए । एक टिम ८ जना खेलाडी रहने र उक्त खेलाडीहरुको तौल ४८० केजी भन्दा बढी हुन नपाईने बताईएको छ ।
जिल्लाका २२ वटा विद्यालयले प्रतियोगितामा भाग लिन टिम दर्ता गाएका छन् । प्रथम, द्धितिय तृतियलाई पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने बताईएको छ । राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघ राष्ट्रिय खेल हो । धादिङमा पहिलो पटक यो खेलको जिल्ला स्तरीय प्रतियोगिता हुने भएको हो ।
