
धादिङ मंसिर ४ । धादिङका राम मल्ल ठकुरी र तनहुँका सुमन श्रेष्ठको जोडीले तनहुँ जिल्ला स्थित माग्दे ४ मा भएको प्रथम थर्पु ब्याडमिण्टन कप प्रतियोगिता जित्न सफल भएको छ ।
३२ टिम सहभागि उक्त प्रतियोगिता जिते सँगै यो जोडिले २५ हजार नगद सहित कप प्रमाण पत्र हात पारेको छ । केहि दिन अघि मात्रै आफ्नै भाईलाई जोडी बनाई पोखरा नयाँ गाउँमा भएको ब्याडमिण्टन प्रतियोगिता जितेर फर्केका थिए ।
B-LEVEL मा उत्कृष्ट प्रदर्शन गर्न सक्ने राम मल्ल ठकुरी यो पटक भने तनहँ कै सुमन श्रेष्ठलाई पाट्नर बनाई प्रतियोगितामा सहभागि बनेका थिए ।
