धादिङ एन्फा लिगको दोस्रो दिन आज चार खेल हुने

Avatar photo
Dhadingpost
मंसिर २, २०७८

धादिङ मंसिर २ । गजुरीको गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग अन्तरगत आज (दोस्रो दिन) ४ खेलहरु हुने भएको छ । जिल्ला फुटबल संघले आयोजना गरेको यस प्रतियोगिताको विजेता क्लव प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनेछ ।

धादिङका ११ वटा क्लवहरुले खेल्ने यस प्रतियोगिताको दोस्रो दिन बिहान ८ बजे गलौंदी युवा समाज गजुरी र न्यू स्टार युवा समाज थाक्रे, बिहान १० बजे धादिङ समाज धादिङ नीलकण्ठ र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक, मध्यान्ह १२ बजे पञ्चमन्या युवा क्लव एक्लेफाँट, थाक्रे र व्वाईज यूनाईटेड, धादिङबेसी नीलकण्ठ, दिउँसो २ बजे बिद्यार्थी उपकार समाज, धुवाँकोट, नीलकण्ठ र गजुरी सामुदायीक समाज गजुरी बीच हुने छ ।

पहिलो दिन बुधबार दुई खेल भएको थियो जसमा धुनीबेसी युवा क्लव धार्के, धुनीबेसी र अरुणदय युवा क्लव, आदमटार सिद्धलेक बीच भएको पहिलो खेलमा अरुणदयको १ गोलका विरुद्ध धुनीबेसीले ३ गोल गर्दै विजय सुरुवात गरेको थियो। भने खेलमा इन्द्रेणीको १ गोलका विरुद्ध ३ गोल गर्दै धादिङ सामाजले विजय सुरुवात गरेको थियो ।