
धादिङ कात्तिक २९ । धादिङको नेत्रावती डवजोङ गाउँपाकिला स्थित सेमजोङमा पर्यटन मन्त्री प्रेम आले मंसिर ३ गते आउने भएका छन् । धादिङको ऐतिहासिक महत्व बोकेको सेमजोङ ज्यम्पल गोम्बोमा २१ फिटको गुरु रिन्पोछेको मुर्ति उद्घाटन गर्न पर्यटनमन्त्री आले आउने भएका हुन् ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका र नुवाकोटको म्यगङ गाउँपलिकाको संगम स्थल पबित्र धार्मिक पर्यटकिय क्षेत्र दोश्रो नमोस् बुद्धको नामले चिनिने वाका राहा क्षेत्रलाई पबित्र बौद्ध तिर्थ बनाउने गुरु योजना अन्तरगत निर्माण गरिएको गोम्बो मुर्ती भव्य कार्यक्रमका बीच गर्न लागिएको दिपक तामाङले धादिङपोष्टलाई बताए ।
नेत्रावती डवजोङ इतिहास खोजकर्ताहरुको लागि अत्यन्त लाभदायिक क्षेत्र पनि हो । यहाँ चाख लाग्दो इतिहास एक चर्चा सेमजोङमा वि. स. ४००-५०० तिर राजा तागुर र रानी सिलीङमोले डब्जोङ दरबार बनाएको प्रमाण रहेको शिलालेख देख्न सकिन्छ । यस क्षेत्रमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषि नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्य जन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गर्थे । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गरिन्थ्यो ।
एकदिन राजा रानी दरबारको पश्चिमको जंगलमा शिकार खेल्न जाँदा राजाले धादिङको सल्यानटार फाँटमा चरि रहेको गाई गोरुको हुल देखे । त्यसपछि राजाले गाई गोरुको हुलमा आफ्नो अति शक्तिशाली वललाई केन्द्रित गर्दै वाण प्रहार गराए र ती वाण उक्त गाई गोरुलाई लागे छ ।
यस्तै
