
धादिङ असोज ९ । कांग्रेस धादिङको गाउँ अधिवेशन जारी छ । जिल्लाको १३ वटै स्थानी तहमा भएको आजको पालिका अधिवेशनमा अहिले सम्म गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा निर्विरोध सभापति निर्वाचित भएको कांग्रेस धादिङले जनाएको छ ।
भिम ढुङ्गाना र रामनाथ अधिकारी दुई समुहमा देखिएको कांग्रेस धादिङको यस पालिका अधिवेशमा गजुरीमा भुमी कडेल, ज्वालामुखीमा रेशमलाल काप्री र त्रिपुरा सुन्दरीमा राजु उप्रेती सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना छन् ।
यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना यी प्रतिनीधिहरुले नै पालिका कार्य समिति चुन्ने कांग्रेसको विधानमा उल्लेख भए अनुरुप अधिवेशन भएको हो ।

