देशैभर भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु

Avatar photo
Dhadingpost
अशोज ५, २०७८

काठमाडौं असोज ५ । आजदेखि ११ दिनसम्म देशैभर भेरोसेल खेपको पहिलो डोज लगाउन सुरु गरिएको छ । चीनबाट आइपुगेको ४४ लाख डोज खोप आजबाट नागरिकमा वितरण सुरु गरीने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. सागर दाहालले बताउनुभयो । दोस्रो मात्रा भने कात्तिक ४ देखि १४ गतेसम्म सबै जिल्लामा दिइने उहाँले बताउनुभयो ।

पहिलो चरणमा हिमाली १० जिल्लामा १८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप प्रदान गरिनेछ भने काठमाडौं उपत्यकाका तीन जिल्ला सहित रामेछाप, सर्लाही, मकवानपुर, अछाम जिल्लामा ४० वर्षभन्दा माथिका उमेर समूहकालाई, चितवन र काभ्रे जिल्लामा ३५ वर्ष उमेर समूहकालाई र बाँकी जिल्लाहरुमा ४५ वर्षभन्दा माथि उमेर समूहकालाई प्रदान गरीने डा. दाहालले बताउनुभयो ।

पहिले छुटेका १८ वर्षभन्दा माथिका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका,अतिआवश्यक सेवा,शिक्षक, होटेल व्यवसायी,पर्यटन व्यावसायीलाई समेत यहि चरणमै खोप लगाइने उहाँको भनाइ छ । गोरखापत्रबाट

x