एमाले निकट अनेरास्ववियु गजुरीको अध्यक्षमा प्रकाश लामिछाने चयन

Avatar photo
Dhadingpost
भदौ २२, २०७८

धादिङ भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले प्रकाश लामिछानेको अध्यक्षतामा अनेरास्ववियु गजुरी गठन गरेको छ ।

अनेरा स्ववियुको नवगठित गजुरी गाउँपालिका स्तरीय कार्यसमितिको उपाध्यक्षमाद्वय मनिषा सापकोटा र रविन अधिकारी, सचिवमा उत्सव अधिकारी, सह-सचिवहरुमा राजुमान तामाङ, समिक्षा भण्डारी, प्रवेश थापा र कोषाध्यक्षमा त्रिविक्रम बरुवाल सहित ४३ रहेका छन् ।यस्तै उक्त भेलाले महिला विभाग प्रमुखमा मनिषा सापकोटा, सङ्गठन विभाग प्रमुखमा प्रशान्त भण्डारी, अखिल फोर्स प्रमुखमा सुदिप उप्रेती, प्रचार प्रसार बिभाग प्रमुखमा सुवास अधिकारीलाई चयन गरेको छ ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज सन्तोष राना क्षेत्रीको प्रमुख आतिथ्यता भएको उक्त भेलामा भेलामा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सञ्जय दुवाडी, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् गाउँ संगठन कमिटी अध्यक्ष माधब भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।