कांग्रेसको धादिङ-काठमाडौं सम्पर्क समितिको आयोजनामा रक्तदान सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १३, २०७८

धादिङ । नेपाली कांग्रस निकट धादिङ काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौं स्थित स्वयम्भुमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सम्पर्क समितिका सभापति इन्द्र काप्रीको सभापतित्वमा भएको उक्त रक्तदान कार्यक्रममा ४१ जना महिला र ९३ जना पुरुषले रक्तदान गरेका थिए ।

नेपाली कांग्रेका युवा नेता तथा पूर्वमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा कांग्रेस धादिङका सभापति रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, भिम ढुङ्गाना, हरि अधिकारि लगायतका नेताहरुको समेत आतिथ्यता रहेको नरेन्द्र भट्टले जानकारी दिए ।

कांग्रेस धादिङले कायम गरेको धादिङको रक्तदान इतिहासलाई अहिले सम्म कसैले ब्रेक गर्न सकेको छैन । जिल्लामा रक्तदान कार्यक्रम सबै पार्टी संघ संस्थाहरुले गरि रहेकै छन् । तर कांग्रेसले ०७७ पुस १६ गते ष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा ज्वालामुखी गाउँपालिका–६ स्थित साँधभञ्ज्याङमा गरेको रक्तदानको रकर्ड अझै कसैले तोड्न सकेको छैन । उक्त रक्तदान कार्यक्रममा एकै दिन एक ठाउँमा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जनाले धादिङको रक्तदानको इतिहासमा अहिले सम्मकै धेरैले रक्तदान गरेका थिए ।