धादिङको उत्तरी क्षेत्रमा भएको त्यो हत्या, एक ऐतिहासिक फोटो

Avatar photo
Dhadingpost
भदौ ११, २०७८

२०४७ सालमा तात्कालीन राप्रपाका क्षेत्रिय सदस्य आदरणिय रेकमान तामाङ तिप्लिङमा सभा गर्न जाँदा उहाँको हत्या भएको थियो । हत्या पश्चात पोष्टमार्टम गर्नका लागिनुवाकोट त्रिशुली गर्दाको फोटो हो यो ।

यातायातको अभावमा त्यो समयमा करिब ३ दिन बोकेर नुवाकोट त्रिशुली लगिएको थियो । यो फोटोमा देखेका दुई व्यक्ति मध्ये दायाँ पट्टिको पक्का तामाङ अहिले यो संसारमा हुनुहुन्न । सम्भावत धादिङ उत्तरी क्षेत्रमा हत्या भएको त्यो पहिलो घटना थियो ।

उक्त घटनामा संलग्न र आरोपितहरु जेल जिवन बिताएर पनि सफाई पाइसकेका छन् । तर पनि इतिहासको त्यो घटना कालो दिनका रुपमा स्थापित भएको छ । हत्याको कारण जे सुकै भए पनि त्यस घटना पश्चात दुई भागमा विभाजित समुह बिचको खाल्डो अहिले सम्म पुरिएको छैन । सायद केहि पुस्ता सम्म पुर्ने छैन । फोटो: Tek Bahadur Tamang, सभार: glartent.com बाट