नेपालको पहिलो खेल भाद्र २८ गते अमेरिका सँग

Avatar photo
Dhadingpost
भदौ ९, २०७८

काठमाडौं भाद्र ९ । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपालले पहिलो खेल भाद्र २८ गते अमेरिका सँग खेल्ने भएको छ । अमेरिका, नेपाल र ओमानबीच हुने यो त्रिकोणात्मक ओडिआई सिरिज हँतरगत नेपालले पहिलो खेल अमेरिका सँग खेल्ने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अइसिसी) ले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ मा (सेप्टेम्बर १३) अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ मा सुरु हुने छ । नेपालले दोस्रो खेल भदौ २९ मा ( १४ सेप्टेम्बर) खेल्ने छ । अमेरिकाविरुद्ध असोज १ (सेप्टेम्बर १७) मा खेल्ने छ । अन्तिम खेल असोज ३ मा (१९ सेप्टेम्बर) ओमानसँग खेल्ने छ ।

त्रिकोणात्मक सिरिज अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्ने छ । नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बर (आठ) मा खेल्नेछ ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग(२ मा डेब्यू गरेको थियो । त्यसपछि नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरि ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्ने छन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप लिग २ अंक तालिका

ओमान १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

खेल तालिका र नेपाली समय अनुसार
भदौ २० : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ११ः१५ बजे
भदौ २३ : नेपालविरुद्ध पिएनजी पहिलो ओडिआई, दिउँसो ४ : १५ बजे
भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५
भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५
अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४ : १५
असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४ : १५

नेपालको टोली स् ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।
प्रशिक्षक : देभ ह्वाटमोर
व्यवस्थापक मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिष्ट रमन शिवाकोटी
फिजियो विक्रम न्यौपाने
ट्रेनर स् राकेश काशिभाई गोहिल

समाचार स्रोत हाम्रो खेलकुद

x