महिलाले नै बिर्सन्छन्, सत्तामा पुगेपछि महिलाको नारा

Avatar photo
Dhadingpost
भदौ ५, २०७८

नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । अधिकांश महिला भएपनि केही वर्षयता महिलाको जीवनस्तरमा केही परिवर्तन आएको देखिन्छ । यसको उदाहरणको लागि धेरै टाढासम्म पुग्नै पर्दैन् । नेपालको हालको राष्ट्रपति विधादेवी भण्डारी महिला हो ।

पहिलो महिला सभामुख ओमसरी घर्ती पनि महिला नै हुन् । पहिलो महिला प्रधानन्यायधीश पदमा पनि सुशीला कार्की भागिदार हुन पुगिन् ।
विभिन्न पदमा महिलाहरु पुग्न सफल भए । ऐनकानुन बनाएर देश चलाउने ओहदासम्म नेपालका महिलाहरु पुगेका छन् । पुरुषभन्दा महिला पनि केही कम छैनन् भन्ने कडा छाप नेपाली महिलाहरु सबैको दिमागमा छोड्न सफल भए । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश भएको देशमा पनि महिलाहरु माथि यत्रो दुव्र्यवहार किन ?

नेपालमा महिलाहरु महिलाकै विषयमा जवाफ दिनुपप्यो भनेर हिच किचाउँ छन् । महिलाहरु उच्च पदमा पुग्दा पनि महिलाहरुले नै सुरक्षित र सम्मानताका साथ अझैपनि कदम बढाउन सकेको छैनन् । उच्च पदमा पुगेर मात्र के गर्नु महिला भएर महिलाकै दुःख बुझन सकेको छैनन् ।
महिला भएर महिला कै नारा बेचे । यहा पुगे । जो जहाँ पुगेपनि आर्थिक स्तर कमजोर भएको, समाजबाट पिछडिएको महिलाहरुले के पाए । हाम्रो देशमा कति आर्थिक कमजोर भएका दिदीबहिनी, आमा, नारीहरु छन् । यसको आंकलन राष्ट्रपति, प्रधानन्यायधीश र सभामुख संग छ ?
आर्थिक कमजोर भएकाले कति नारी घरेलु हिसांको भागिदार बनेका छन् । कतिले पढ्न मन हुदाँँहुदै पनि पढ्न पाएनन् । कतिले समाजको दुव्र्यवहार सहनुपरेको छ । आवाज भएर पनि आवाजविहिन बनेर बसेको छन् । कति सिधा महिलालाई शिक्षा नभएकै कारण पनि अन्य मुलुकमा लगेर बेचेको छन् ।

एनजीओ खोलेको छन् । महिलाको नारा बोकेर डलर पचाएका छन् । यसरी महिलाको नाम बेचेर कति दिन चल्छ । महिलाको नाममा राजनिति गरेको छन् । फोहोरी राजनिति चलाएका छन् । राजनितिक पार्टीको झोला बोकेको छन् । यत्रो महिला भएको देशमा महिलाकै लागि आवाज उठाउने कोही पनि भएनन् । हेर हाम्रो देशको स्थिति ।

अहिले धेरैजसोले आफ्नो घरमा काम गर्नको लागि गाँउबाट गरिब, पढाइलेखाइ नभएको दिदीबहिनीहरु ल्याएर राख्ने गरेको छन् । आर्थिक कमजोर भएका दिदीबहिनीहरु पढ्न पाइएला । अरु नभएपनि दुईछाक पेटभरि खान पाइएला । एक जोर लुगाले आफ्नो ज्यानमा हाल्न पाइएला । भनेर आफनो गाँउ छोडेर शहर पसेका छन् ।

बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म हुरुक्कै हुने गरि काम लगाउँछन् । जुठा भाँडा माझ्नेदेखि घर पुस्नु पर्छ । त्यतिमात्र नभएर खान पकाउनेदेखि लिएर भित्री वस्त्रसम्म धुन लगाएको छन् । के पैसा हुनेहरुमा मानवता हराएकै हो ? आफुलाई दुख्छ भने अरुलाई पनि दुख्छ भनेर नसोच्ने पनि मान्छे हृन् ।

के पैसा हुनेलाई मात्र भोक र थकाइ लाग्छ । दुइछाक खानाको भरमा सबै काम लाउन यी पैसावालहरुलाई लाज लाग्दैन । पढाउछु भनेर गाँउबाट ल्याउछन् । यहाँ ल्याएपछि त पढाइलेखाइ पनि छैन् । अर्काको हड्डी घोटेर चन्दन लाउन पनि तयार हुन्छन् यी पैसावाल ।
कति पैसावालले मासिक तलब दिने हिसाबले पनि घरायसी काम गर्नको लागि दिदीबहिनी, आमाहरु राखेको छन् ।

३ देखि ५ हजार दिएर महिनाभरि काम लगाउछन् । आफ्नो छोराछोरी उमेरभन्दा कमका बालबालिकालाई समेत घरायसी काममा दलाएका छन् । आफ्नो छोराछोरीलाई भोक लाग्दा ती बालवालिकालाई पनि भोक लाग्छ भनेर पैसावालहरुले सोच्दैनन् । पैसावाललाई मात्र भोक र प्यास लाग्छ । अरुलाई भोक र तिर्खा लाग्दैन । एउटा गरिबको पसिना चुसेर आफु खुट्टा पसारेर बस्नु कति हीनताबोध कुरा हो ।

प्रत्येक दिन उज्यालो हुन्छ । बिहान उठेर सडकमा हिड्नुस् । बाटोमा दुईथरिका मान्छे भेट्नुहुन्छ । एउटा कसरी आफ्नो र परिवारको पेट पाल्नु भनेर कामको खोजीमा हिडेको हुन्छन् । अर्को खुट््टा पसारेर खाएर आफुलाई रोग नलागोस् भनेर मनिड. वाकमा हिडेको हुन्छन् ।
अप्ठयारो, गाह्रो सबैलाई पर्छ । तर गरिबको अप्ठयारोमा साथ दिने कोही पनि हुन्नन् । शरीरले सक्ने र बलभन्दा बढी काम घोट्याउछन् । चाडपर्वहरुमा छुट्टी पनि दिदैनन् । चाडपर्वमा त सबैले छुट्टी पाउनुपर्ने होइन र ? कि त सरकारी जागिरे र पैसावालको लागि मात्र चाडपर्व बनाएको हो । सरकारी जागिर खानलाई त सरकारले केही भन्न सकेको छैन् ।

एउटा घरमा काम गर्ने मान्छे टाइममा आइपुग्नुपर्ने । बिना तलब ओभरटाइम काम गर्नुपर्ने । हिजो परिस्थिति ठिक हुनजेल थोरै तलब दिएर काम गर्ने श्रमिकको शोषण गप्यो । जब कोभिड नेपाल भित्रियो । तब सबैले घरायसी काम गर्नेलाई कामबाट निकाले । कतिसम्म मानवता हराएका मान्छेहरु नेपालमा बस्छन् भनेर आंकलन यहाँबाट लगाउन सकिन्छ । कोभिड सबैतिर फैलिएको थियो । सरकारी जागिरे र घरबाट अफिसको काम गर्नेहरुलाई त कोरोनाकाल छुट्टी मनाएझै भयो । तर जो बेरोजगार बने उनीहरु भोकभोकै बस्न बाध्य भए ।

कोरोनाको बहाना बनाएर धेरै घरायसी काम गर्नेहरु बेरोजगार बन्न पुगे । गरिब, अशिक्षितहरुका लागि भनेर हाम्रो देशमा धेरैचोटि आन्दोलन भयो तर देशका गरिबहरु प्हिले जुन ठाँउमा थिए । अहिले पनि ती छन् । उनीहरुक जीवनस्तरमा पनि केही परिवर्तन आएन् । हाम्रो देशका पुजीपतिहरुको सोचाइमा पनि केही परिवर्तन आएन् ।

सकेसम्म घरभरिको काम गरेर मात्र जाओस् भन्ने मनसाय हरेक पुजीपति वर्गको । न उनीहरुको सञ्जयकोष काटेको हृन्छ । न त उनीलाई पेन्सन नै आँउछ । अरुको घरमा काम गर्दागर्दै बुढेसकाल लागिसक्छ । हातखुट्टा कमजोर हुदै जान्छ । त्यतिखेरको सहारा को हुन्छ । उपचार गर्ने पैसा हुदैन् । बाच्न मन हुदाहृदै पनि मर्न बाध्य हुन्छन् ।

१६ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई काम लगाउन पाइदैन् । ७० वर्ष नाघेको मान्छेलाई कानृुले काम लगाउन दिदैन् । तर के गर्नु पेटले कानुन र उमेर भन्दो रहेनछ भन्ने पनि नेपालका सडक र घरघरमा थुप्रै भेटिदो रहेछ । सरकारले कानुन त बनायो । धनीले कानुनको प्रत्याभृति गर्न पाएपनि गरिबले त्यो पनि पाएनन् । गरिबको कोखबाट जन्म लिनु नै कति दिदीबहिनीलाई बोधको कुरा बन्न पुग्यो । २०७८।४।१ गतेदेखि जुनसुकै काम गर्नेको सरकारले तोकेको न्युनतम पारिश्रामिक १५ हजार हो । तर सबैले सरकारले तोकेजति तलब पाएका छन् त ?

घरायसी काममा मात्र नभई पसल र ज्यामी काममा जाने महिलाहरुलाई उत्तिकै शोषण गरिएको छ । सरकारसंग कति महिला घरायसी काम गर्छन् । कति पसल र निजी संस्थामा काम गर्छन् भन्ने डाटा छैन् । थोरै तलबमा महिलाहरु महिनाभर काम गर्न बाध्य छन् । महिला भनेपछि संघसंस्थाका सञ्चालकहरुले नराम्रो नजरले हेर्ने गरेको पाइन्छ । घरायसी काम गर्ने महिलाहरु पनि दुव्र्यहारको शिकार बन्न पुगेको छन् ।

आफ्नो हातका नड्ग्रा खियाएर, सामन्तीहरुको दासीजस्तै व्यवहार सहेर पनि घरायसी काम गर्नेहरुले सुःखको सास फेर्न पाएको छैनन् ।
त्यही गरिब जनताले तिरेको करबाट तलबभत्ता, पेन्सन खाने, सरकारी गाडी चढ्ने सासंद र सरकारी कर्मचारीहरु माथि हरेक गरिब र शोषित बनेका नेपाली जनताहरुको धिक्कार छ । गरिब जनताले खाइनखाई तिरेको करबाट तलब खाइसकेपछि गरिब जनताहरुको विषयमा केही काम नगर्न राजनितिक दल, मन्त्री , प्रधानमन्त्री र सांसदहरुलाई लाज लाग्दैन् ।

हरेक नेपाली नागरिकहरुलाई ५८ हजार रुपियाँको ऋणी बनाएर राजनिति दलहरु चिल्लो गाडी चढेका छन् । साइडमा सयौ सुरक्षाकर्मी राखेर हिडेका छन् । तर त्यही देशको कुनै नागरिक उपचार नपाएर मर्न बाध्य भएका छन् । गरिबको नारा बेचेर सत्ता हासिल गर्नेहरुको संख्या नेपालमा उत्तिकै छ । कोही खुट्टा पसारेर बसेर खाएका छन् । कोही चिल्ला गाडी चढेको छन् । तर त्यही ठाँउमा कोइ आफ्नो पेट पाल्नको लागि कत्रो संघर्ष गरिरहेको छन् । यही हो लोकतान्त्रिक र संविधानयुक्त राष्ट्र ? महिला सत्तामा आएपनि महिलाकै जीवनस्तरमा कुनै परिवर्तन आएको छैन् । जोजो जहाँ गए पनि आएपनि गरिब जनताहरुलाई कुनै फरक परेको छैन् ।