धादिङको दोङ्देन माविमा सांसद जगत सिंखडाद्वारा नियमित छात्रवृति प्रदान

Avatar photo
Dhadingpost
साउन ३१, २०७८

धादिङ साउन ३१ । धादिङ जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको रुबीभ्याली २ स्थित दोङ्देन माध्यामिक विद्यालय तिप्लिङको कक्षा १० मा अध्ययनरत उत्कृष्ट एक जनालाई धादिङका प्रदेश सांसद जगत सिंखडाले नियमित छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

सांसद सिंखडाले श्रीमती लक्ष्मी सिंखडाको बस दुर्घटनामा परि निधन भए सँगै लक्ष्मी स्मृतिमा आफु बाचुनजेल उक्त विद्यालयमा अध्ययरत कक्षा १० को उत्कृष्ट १ जना विद्यार्थीलाई नगद ७ हजार छात्रवृत्ति घोषणा गरेका थिए । सांसद सिंखडाले श्रीमती लक्ष्मी सिंखडाको स्मृतिमा रुबीभ्यालीमा मन्दिर चौतारो समेत निमार्ण गरेका छन् ।

सोहि घोषणा अनुरुप नियमित प्रदान गरिँदै आएको उक्त छात्रवृत्ति रकम यस वर्ष एन्जिला तामाङलाई प्रदान गरिएको हो । हरेक वर्ष विद्यालयको वार्षिक उत्सवको अवसरमा उक्त छात्रवृत्ति प्रदान गरिँदै आएपनि यस वर्ष कोरोना संकटले गर्दा एसईई उतिर्ण विद्यार्थीको विदाई कार्यक्रममा एन्जिला तामाङलाई प्रदान गरिएको थियो ।

उत्तरी धादिङको उच्च र विकट स्थानमा रहेको यस माविमा १५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् भने यस वर्ष एन्जिला सहित २३ जना विद्यार्थी एसईई परिक्षामा सहभागि थिए । ३.५० GPA ल्याएर एसईई उत्रिर्ण एन्जिलाले धादिङपोष्ट सँग कुरा गर्दै अहिले सम्म कुन विषय लिएर पढ्ने फाईनल भएको छैन तर व्यक्तिग इच्छा चाहि पूर्ण छात्रवृत्ति पाउन सके कृषि पढ्ने बताईन् ।

एसईई उतिर्ण विद्याथी विदाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका वडा संयोजक रामबहादुर तामाङले गत वर्षको उक्त छात्रवृति रकम एन्जिला तामाङलाई हस्तान्तरण गरेका थिए ।

x