रुबीभ्याली १ र २ मा माओवादी केन्द्रको भेला

Avatar photo
Dhadingpost
साउन २८, २०७८

धादिङ साउन २८ । माओवादी केन्द्र धादिङले जिल्लाका १०४ वटै वडामा कमिटी बनाउने अभियान चलि रहेको छ यसै क्रममा आज रुबीभ्याली १ र २ मा वडा कमिटी बनेको बताईएको छ ।

माओवादी केन्द्रका जिल्ला नेताहरु रामसिंह तामाङ र मिम्बा तामाङ लगायतका नेताहरुको आतिथ्यतामा उक्त वडा भेला भएको थियो ।

भेलाले वडा नम्बर १ मा सेर बहादुर तामाङ इन्चार्ज, काले थापा सह इन्चार्ज र मेन बहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

यस्तै वडा नम्बर २ मा इन्चार्ज कले थापा तामाङ, सह इन्चार्ज ज्ञनु थापा तामाङ र राम बहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरियो गरेको छ ।