
धादिङ साउन २५ । माओवादी केन्द्र धादिङले जिल्लाको १०४ वटै वडामा वडा कमिट बनाउन सुरुगरे सँगै गजुरी १ र ८ को वडा भेला सम्पन्न गरेको छ ।
आज सम्पन्न माओवादी केन्द्र गजुरी गाउँपालिका १ को भेलाले ईन्चार्ज श्याम न्यौपाने , सह ईन्चार्ज शानु शाक्य अध्यक्ष प्रताप खरेल सचिव रमेश हमाल रहेको २९ सदस्य वडा कमिटी गठन गरेको छ ।
यस्तै आईतबार सम्पन्न गजुरी ८ को भेलाले ईन्चार्ज सुनबाहादुर स्याड्ताड् अध्यक्ष देवराज ओझा सचिव सुन वहादुर तमाड् रहेको २९ जनाको वडा कमिटी गठन गरेको थियो ।
बुधबार सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको बैठले वडा भेलहरु गरि वडा कमिटीगठन गर्न गाउँपार्टी कमिटीलाई जिम्मा दिएको थियो ।
