हामी व्यक्तिगत खर्चमा परिषदका लागि हेलिकप्टरबाट रुवीभ्याली आएका हौं

Avatar photo
Dhadingpost
साउन १९, २०७८

धादिङ साउन १९ । धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँ सभा साउन २० गते सेर्तुङ् स्थित गाउँपालिकाको कार्यालयमा हुने भए सँगै जन प्रतिनीधि, कर्मचारी र स्थानीय दलका नेता हेलिकप्टर चढेर धमाधम सर्तेुङ गहि रहेका छन् ।

यसै विषमा धादिङपोष्टले रुवीभ्यालीले परिषदका गर्न, धमाधम हेलिकप्टरबाट जनप्रतिनीधि र नेता सेर्तुङ ओसार्दै भनेर लेखेको समाचार प्रति रुवीभ्याली २ का वडा अध्यक्ष पेम्बा घलेले आफुहरु व्यक्तिगत खर्च मै हेलिकप्टरबाट सेर्तुङ आएको बताएका छन् ।

अस्ती पालिका प्रमुखहरुले पनि आफ्नै खर्चमा हेलिबाट सेर्तुङ पुग्नु भएको बताउँदै घलेले हिजो सोमबार हामी वडा अध्यक्षहरु पनि आफ्नै खर्चमा आएका हौ. समाचारमा भने जस्तै पालिकाको खर्चमा आफुहरु हेलि नचढेको उनी बताउँछन् ।

x