
समाज र सामाजिक व्यवस्थाले मानिसको चित्त नबुझेपछि मानिस बैकल्पिक व्यवस्थाका लागि लालायित हुन्छन । मानवीय र प्रकृतिमैत्री व्यवस्था भएमा समाज सुन्दर र व्यवस्थित हुन्छ भन्ने चाहनाले मानिस विकल्पको लागि तयार हुन्छन ।
नेपाल जस्तो विभेद, असमानता र शासनबाट असन्तुष्ट जनता विद्रोहका लागि समेत तयार हुन्छन । जनताको यो मानसिकतालाई अझ उत्तेजित पारेर केही मानिसले आफु नेता बन्ने शासनको भागबण्डामा पुग्ने र अकुत सम्पन्नताको जीवन विताउने आफ्नो चाहना पुरा गर्न दुरुपयोग गर्ने गरेका छन् । प्रजातन्त्र ल्याउने नारामा केही मानिसले २००७ सालमा यो कुकर्म गरे । लोकतन्त्र ल्याउने नाममा नयाँ कुकर्म भयो । कम्युनिज्म ल्याउने भनेर धेरै जनताको ज्यानमा केही मानिसले शासनको भागबण्डामा सेयर पाए । परिवर्तन ल्याउने भनियो तर केही नेताले हिस्सा पाएपछि पुग्यो, जस्को विरुद्ध जनतालाई भिडाइयो त्यहीसँग मिलेर नेतृत्व हिड्यो । यही रह्यो हाम्रो बेइमानले भरिएको रानीतिक इतिहास र सत्ताको लाभ पाउँन यही इतिहासको पछि लुरुलुरु हिडिरहेका हाम्रा वरिपरीका अगुवा मित्रहरु ।
“सामुहिक उत्पादन र आवश्यकता अनुसार उपभोग” भन्ने आदर्शका लागि रोबर्ट ओवेनले “हार्मोनी कम्युनिटी” निर्माण गरेर आप्mनो सिद्धान्तको प्रयोग गरे । धार्मिक गुटवादी तथा सङ्किर्ण स्वार्थी समुह र निजी सम्पत्तिका अनुचरहरुले उनले निर्माण गरेको अमेरिकाको “सुन्दर बस्ती” पुरै असफल भयो । वेलायतमा आफ्नै कारखानामा काम गर्ने श्रमिकहरुको समुदायमा भने उनले सफलता हासिल गरे । कृषि युग पार गरेपछिको औद्योगिक युगमा आएपछिको समाजमा संभवतः विश्वमा पहिलो सामुहिक समुदाय अर्थात कम्युन उनले स्थापना गरेका हुन । श्रम सुधार, सामाजिक सुधार र प्रजातान्त्रिक आन्दोलनका लागि पाँच लाख मजदुरहरुको आन्दोलन लण्डनमा भयो तर मालिकहरुले मजदुरको आन्दोलन दवाए ।
फ्रान्स, जर्मनी लगायत युरोपका अन्य औद्योगिक देशहरुमा मजदुर आन्दोलनहरु मालिकहरुबाट दवाइए । यसै कालखण्डमा कार्ल माक्र्स र फेड्रिक एङगेल्सले सत्ता नै श्रमिकहरुको हातमा नभएसम्म श्रम सुधार र समाज सुधारको कुरा कल्पनाममा मात्र हुने कुरा अगाडि सारे, सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रको प्रकाशन गरे । रोबर्ट ओवेनको सामजवादी आन्दोलनको परिणाम आउँन श्रमिकका हातमा नै सत्ता हुनुपर्ने कम्युनिस्ट घोषणापत्रको प्रस्तावना थियो । राजनीतिक सामाजिक विकासक्रमको इतिहासमा यो एउटा नयाँ मोड थियो, सामाजवादी आन्दोलन अर्थात कम्युनिस्ट आन्दोलनको विकास यसै चरणबाट विकास भयो ।
आजका दिनसम्म आउँदा माक्र्सको सिद्धान्त र समाजवादी आन्दोलनको विकास जसरी भयो, खासमा पहिलेका मालिक वर्गले नै समाजवादी र कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित बनाएर आफ्नो उपयोगी बनाएको समाजवादी आन्दोलनका खास उत्तराधिकारीहरु राजनीतिक परिवेशमा रक्षात्मक अवस्थामा रहेको अवस्था रहेको छ । समाजवादी विचारका संस्थापकहरुको सिद्धान्तलाई विकास, परिमार्जन र उपयोग गर्ने मामलामा समाजवादी तथा कम्युनिस्टहरु मालिक वर्गसँग हारेको, घुडा टेकेको र विकेको अबस्था आजको विश्व राजनीतिको अवस्था हो । कम्युनिस्ट घोणषापत्र गलत रहेको, माक्र्सवादको विषय अशान्दर्भिक भएको जस्ता कुरा गर्ने कम्युनिस्ट नेता र आपूmलाई समाजवादी भन्नेहरु पो छन अहिले ।
उन्नाईसौं सताब्दीको मध्यभन्दा पूर्व नै आविश्कार भएको सामाजिक राजनीतिक सिद्धान्तले आजको समयको सम्बोधन गरेको हुदैन । आजकै समयको सम्बोधन गर्ने हैसियतमा विकास गर्ने आजकै मानिसको काम हो । विज्ञान र गणितका सिद्धान्तहरु पनि चेतनाको विकासले अझ परिमार्जित हुने र गहिराईसम्म पुग्ने गरेका छन् तर यस्ता सिद्धान्त आविश्कारको श्रेय संस्थापक योगदानकर्तालाई नै जान्छ र सिद्धान्तको विकास पहिलेको आधारबाट नै विकास हुदै जाने हो । मानव समाजको इतिहास, विकास र परिवर्तन सम्बन्धी कार्ल माक्र्सले अगाडि सारेको सिद्धान्त यथार्थमा आधारित छ, यो विकास र परिवर्तनको दर्शन मानिएको छ । ज्ञान, विज्ञान र दर्शन भनेको विरोध र समर्थन गर्ने विषय मात्र बनाइने गरेको छ, त्यसो होइन । माक्र्सवादलाई आलोचना पनि गरिन्छ, नयाँ आयाममा विकास पनि हुन्छ । आजसम्मको बैज्ञानिक सामाजिक विज्ञान माक्र्सवाद हो ।
सत्रौ सताब्दीमा न्युटनले गरेका खोज र आविश्कारले विज्ञानको विकासमा ठूलो योगदान पु¥याएको मानिन्छ । न्यटनले गरेको अभूतपूर्व योगदानका कारणले विज्ञानको विकासमा नयाँ मोड ल्यायो, मानिसको सोचाईमा नै परिवर्तन ल्यायो । पुनर्जागरको अवधिपछि मानिसको दृष्टीकोणमा वैज्ञानिक चेतनाको विकासमा मात्र होइन यान्त्रिकि, मिसिन औजारको आविश्कारमा त्रिब्रता आयो । गणित र ज्योतिष जस्ता क्षेत्रमा परिमार्जन भयो । बिसौ सताब्दीका बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले न्युटनको गूरुत्वाकर्षणको सिद्धान्तमा त्रुटी रहेको भेट्टाए तर आइन्स्टाईले न्युटनलाई आलोचना गरेनन आफ्ना महान गुरु मानिरहे । उनले भनेका छन – “मेरा सबै आविश्कार र सिद्धान्तहरु न्युटनका सिद्धान्त र उनका खोज नभएका भए संभव हुने थिएन, न्युटनका धारणा र उनले गरेका योगदानहरु आज पनि विज्ञानमा मार्गददर्शक सिद्धान्त रहेका छन् ।”
गणित र विज्ञानका सिद्धान्तहरु त नयाँ खोज र आविश्कारले मानव चेतना विकास हुदै जादाँ परिमार्जन हुदै जान्दछन् । सुरुका विचार र सिद्धान्त अपुरा हुन पुग्छन भने राजनीति, सामाजिक सिद्धान्तहरु समय अनुसार परिमार्जन हुने कुरा स्वभाविक हो । आजको दिनको लागि कुनै विचार वा सिद्धान्तलाई कसरी परिमार्जन गर्ने हो भन्ने कुरामा कुनै ध्यान नै नदिने तर सिद्धान्तका आविश्कारकहरुलाई आलोचना गर्ने कुरा राम्रो होइन । नेपालको कम्युनिस्ट आन्दोलनका केही नेताहरु जसले आजको समाजलाई नियाल्ने सम्मको क्षमता राख्दैनन् तर माक्र्सवाद असफल भयो भन्दछन । मक्र्सवादका आविश्कारकहरुको समयको मानव समाज र आजको मानव समाजमा धेरै अन्तर छ, त्यसैले त्यतिवेलाको विचारले आजको अवस्थाको सम्बोधन नहुने कुरा स्वभाविक हो । तर माक्र्सवादको आधारभूत सिद्धान्तका आधारमा नै विकास गरिएको परिमार्जित सिद्धान्तले नै आजको विक्रित पुँजीवादबाट नयाँ मानव केन्द्रित प्रकृति केन्द्रित विश्व व्यवस्था संभव छ ।
नेपाल किन भनेन भन्ने विषयमा बुद्धिविलास गर्ने धेरै बुद्धिजिवीहरु कहिलै यो भेउ भेटेको जस्तो गर्दैनन् । मानवीय र प्रकृतिमैत्री व्यवस्थाको नक्कली आन्दोलनमा ठगिएका नेपालीहरुको मूल समस्या तिर आँखा चिम्लन्छन ।
प्रस्तुतिः लेखनाथ ढकाल, विश्वमा धार्मिक युग र धर्मयुद्धको युग पुनर्जागरणपछि