
धादिङ असार २८ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीढितलाई १ लाख आर्थिक सहयोग गरेको छ ।
अविरल वर्षा पछि असार १ गते आएको बाढीका कारण मेलम्चीमा ठुलो जनधनको क्षेति भएकोले त्यस नगरपालिकाको मेलम्ची बाढीपीडित राहत तथा पुनस्थापनाकोषमा उक्त रकम जम्मा गरिएको सूचना अधिकारी कृष्ण पौडेलले धादिङपोष्टलाई बताउनु भयो ।

