
धादिङ असार ५ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर २ तीप्लीङ पहिरोमा परि डोजर टुक्रा-टुक्रा भएको अवस्था छ भने दुई जना वेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हिजो बेलुका ६ बजे साङ्कोस तिप्लिङ सडकखण्ड निर्माण गर्ने क्रममा सेर्तुङ र तीप्लीङको अता खोला भन्ने ठाउँमा भिर माथिबाट खसेको पहिरोमा परि डोजर टुक्रा-टुक्रा भएको र दुई जना वेपत्ता भएका हुन् ।
वेपत्ता भएका व्यक्तिहरु डोजर सहचालक रुबीभ्यालीका जोजो तामाङ र डोजर चलाक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली रहेको प्रहरीले जनाएको छ ।

