कोरोना संकट र सामाजिक संजाल आतंक

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १८, २०७८

मृत्यु, मृत्यु नै हो, मजाक नबनाऔं
पिडाका ती मनहरुलाई अझै
पिडाको आभास नगराऔं
संजालको प्रयोग सभ्य कामको लागि हो
बुझ्ने कोसिस गरौं,
अफवाहको खेलमा मनव मनलाई
अझै त्रसित नबनाऔं ।

कोरोना भाइरस महामारीले विश्व भरिका मानव समुदायलाई आक्रान्त बनाएको छ। करोडौं संक्रमितत भैसकेका छन् भने लाखौंले ज्यान गुमाई सकेका छन् । कम हुँदै जाला भन्ने आकलन गर्दा गर्दै झन् नयाँ भेरिएन्टको रुपमा फैलिदै गएको यस भाईरसको कारण आगामी दिन कस्तो होला भन्ने र यसले कुन रुप लेला भन्ने प्रश्न जन जनमा उठिरहेको छ ।

हो, हामी पनि यो संक्रामक संक्रमणबाट अछुतो छैनौं । कोभिड १९ को सुरुवाती चरणमा विश्व समुदायलाई आक्रान्त पारिरहँदा हामी नेपालीले त्यो सामना गर्नु परेको थिएन । हामी कहाँ भाईरसको आतंक नहोला भन्नेमा हामी ढुक्क थियौं । तर परिस्थिति त्यस्तो रहेन, विश्व समुदायमा व्यापक फैलिदै गएको केही महिनामै नेपालमा पनि देखा पर्न थाल्यो । एक दुई गर्दै केही महिनाको अन्तरालमा हजारको आकडा पार गर्‍यो ।

त्यसपछि सुरु भयो नियन्त्रण र व्यवस्थापनको पहल हरु, महिनौ सम्पुर्ण पक्ष ठप्प पारेर लकडाउनको अवधारणामा हामी पुग्यौं । जसको उपज जनजिवन केही कष्टकर भए । केहि समयको अन्तराल पछि संक्रमण दर कम हुँदै गयो । जनजिवन सामान्य बन्दै गयो । अनि सोचियो अब त पार पाईयो, जनजिवन सहज हुने भयो । लकडाउनको चपेटामा परेका हरेक क्षेत्र बिस्तारै चलायमान हुने भए । तर हाम्रो त्यो मुल्यांकन गलत साबित हुन गयो ।

केही समयको अन्तरालमै विश्वमा कोरोनाको दोश्रो लहर फैलन थाल्यो । अनि त्यसैको शिकार बन्न पुग्यौ हामी पनि । संक्रमण फैलन थाल्यो । दैनिक एक–दुई हजार हुँदै १०–१५ हजारको आकडा छुन थाल्यो । मृत्यु हुनेको संख्या १–२ हुँदै २ सयको आकडा पार गर्न थाल्यो । अनि सुरु भयो कस्टकर अवस्थाको सुरुवात ।

नियन्त्रण मुखी अभियान स्वरुप निशेधाज्ञको सुरु गरियो । कामकाज ठप्प भए । पछिल्लो परिदृश्यमा अत्यावश्यक कामबाहेक कोहि पनि घरबाहिर निस्किन पाएका छैनन् । घरको चौघेरामा बाधिनु पर्ने वाध्यात्मक परिस्थितिलाई सामाजिक संजालहरुले केही सघाउ पक्कै पुर्‍याएको छ । मन बहलाउन, मनलाई नियन्त्रणमा राख्न, पलपलको सूचना ग्रहण गर्न अनि आफन्त तथा परिवारजनसँग वातचित सामिप्यता कायम राख्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो र त्यो भैरहेको पनि छ ।

तथापि फेसबुक, ट्विटर, टिकटक लगायत अहिले व्यापक चल्तिका सामाजिक संजालमा प्रस्तुत गरिने कतिपय ‘पोष्ट’ विषय वस्तुले मान्छेको मन खिन्न त पारेकै छ संबेदनहिन तरिकाले प्रस्तुत हुने कतिपय शैलीले समाज समुदाय र व्यक्तिको मनस्थितिलाई आतंकित नै बनाएको छ । संक्रमणका कारण मृतकको संख्या बढ्दै जाँदा शवको तस्विरहरु जथाभावी पोष्ट गर्ने, भ्रम र अफवाह जन्य प्रस्थितिलाई बढवा दिने जस्ता गतिबिधिले पीडितलाई थप पीडा त दिएको छ नै अन्य सामान्य अवस्थाका मानिसहरुलाई समेत बिरामी बनाउने अवस्था सिर्जना गरिरहेको छ ।

रोजगारीको शिलसिलामा दुबईमा रहनु भएका बिनोध चौधरी यस्तै अफबाहको कारण मानसिक रुपमा बिछिप्त बन्न लागि सकेको बताउनु हुन्छ । उहाँ भन्नू हुन्छ, परिवार आफन्तबाट टाढा रहेर बसिरहेदा सामिप्यताको लागि सामाजिक संजाल प्रयोग गर्नै पर्छ । तर जब सामाजिक संजाल खोलिन्छ तव मृतकका विभत्स तस्वीर र अफवनह जन्य सामाग्रीले दिमाग अस्थिर बनाई दिनछ । यस्तो अवस्थामा कसरी मनलाई नियन्त्र गर्ने अनि दैनिक काम कामकारबाहीलाई कसरी व्यवस्थापन गर्ने ?

हुन पनि हो, अजकल जब फेसबुक र टुइटरका बाल खोलिन्छ अधिकांस पोष्टहरु सन्क्रमितको संख्या र मृतकका तस्वीरले नै भरिएका हुन्छन् । आत्मबलले कोरिनालाई सहज जित निकल्न सकिन्छ भन्ने भन्दा पनि कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भन्ने डरले नै सताईरहेको हुन्छ अजकल । सामान्यतय घरमा कोहि कसैलाई रुघा खोकी लागे पनि कोरोना नै होकि भन्ने भयले आक्रान्त बनाएको छ ।

मृत्यु मृत्युु नै हो, परिवार र आफन्तको लागि यो भन्दा ठूलो पिडाको क्षण अरु हुनै सक्दैन । यस्तो अवस्थामा श्रद्धाञ्जली ब्यक्त गर्नु स्वभाबिक हो । तर मृतकको कारुणिक तस्वीर पोष्ट गर्ने प्रतिस्पर्धात्मक अभ्यासले पक्कै राम्रो संदेश र संवेदनशिलतालाई सम्बोधन गर्न सकेको छैन । परिवारको कुनै स्वीकृति बिनै कसले छिटो पोष्ट गर्ने भन्ने शैली अपनाउदा अनि सामाजिक सञ्जाल प्रयोगकर्ता अलिकती पनि संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई समेत पिडाको चरम मनोविज्ञान सिर्जित हुन पुगेको छ ।


सामाजिक सञ्जालमा मृत्युको मज्जाक उडाइयको छ । मानवीय संवेदना र भावनाको खिल्ली उडाउँदै पोष्टहरु गर्दा मानवीय संबेदनशिलतामा ठूलो ठेस पुगिरहेको आभास जो कोहिले गरिरहेका छन् । त्यसैले यस्ता गतिबिधिको लागि हतार नगरौं किनकी तपाईं हाम्रो सानो कमजोरीले सामान्य लक्षण भएका संक्रमित पनि आत्तिएर मृत्युु वरण गर्ने अवस्थामा पुग्न सक्छन् ।

अझै च्याउसरी खुलेका युट्युब च्यानलहरुको भ्रमित र कपोल्कल्पित अफबाहपुर्ण सुचनाले मानिसको मनस्थितिलाई सकारात्मक भन्दा नकारात्मक बाटोतिर धकेलिरहेको छ । व्यक्तिगत फाईदाको लागि सानो बिषय वस्तुलाई तोडमोड गरि व्यापक बनाउने हर्कतले पिडालाई थप नुन छर्किरहेको छ ।

कामको शिलसिलामा क्यानाडामा रहनुभएका नेल्सन केसि भन्नु हुन्छ, फेसबुक, टुइटर, युट्युब लगाएतका आधिकारिकता बिहिन सूचना सम्प्रेषण र हो हल्लाले गर्दा म आजकल कुनै पनि सामाजिक संजाल हेर्दिन । परिवार आफन्त तथा साथिभाई संग सामिप्यताको लागि हप्तामा एक पटक मेसेन्जर र ह्वाट्स याप प्रयोग गर्ने गरेको छु । कोरोना सम्बन्धी व्यापक भ्रमको खेती आजकल यिनै संजालहरुमा भैरहेको तितो यथार्थतालाई सम्बन्धित निकायले किन छनबिन गर्दैन खै अचम्म लाग्छ ।

उसो त कोरोना केही होईन भन्ने भ्रमको पछि लाग्दा गोर्खाका बिक्रम न्यौपाने झण्डै आफै संक्रमित भए । कोरोना रुघाखोकी कै अर्को रुप हो भन्ने भ्रममा परि व्यवास्था गर्न थालें । केही दिनको अन्तरालमा वरिपरिका केही आफन्त र साथिहरु समेत सन्क्रमित भएको सुचना पाए अनि उनको मानसिकताले हजारौं कुरा सोच्न थाल्यो भलै उनले केही सजगता अपनाए त संक्रमण हुनबाट जोगिए । उनी भन्छन पहिले केही होइन भनेर वास्ता गरिनन्, पछि वरपरकालाई कोरोना सर्न थालेपछि निकै तनाव भयो मानसिक अवस्था कमजोर हुन पुग्यो, के गर्ने के नगर्ने सोच्नै सकिन । त्यसमा पनि मृत्यु भएका व्यक्तिको कारुणिक तस्वी र भिडियोले न खान मन लाग्ने न निन्द्रा नै , ठूलो समस्या सिर्जना गरेको छ ।

उीहरु त केहि प्रतिनिधि पात्र मात्र हुन । सामाजिक संजालको अफबाहको सिकार बन्नेहरु थुप्रै छन् । कतिपय उपचाररत संक्रमितहरु यस्तै अराजक सुचना प्रवाहका कारण जटिल अवस्थामा पुगेका छन् । यस्ता सुचनाहरुले मानिसको आत्मविश्वास र आत्मबल कमजोर बनाउछ भने मानसिक रूपमा विक्षिप्त बनाउने हुँदा जोकोहिले सामाजिक संजाल प्रयोग गर्दा अत्यन्त संबेदनसिल हुनु जरुरी छ । नेपालमा यो छैन, उपचार सम्भव छैन, अक्सिननै पाईदैन, कोरोना लागिहाले मरिहालिन्छ जस्ता बेतुकका समाचारले मानिसलाई कति पीडा देला । एकपटक आफैलाई संक्रमितको ठाउँमा रहेर मनन गरौं त ।

म आफै सकारात्मक सन्देश प्रवाहको लागि कलम चलाउछु तर यस्ता अफवाहबाट म आफै प्रताडित बनिरहेको छु । केही सोच्दिन भन्दा भन्दै पनि त्यस्ता हेडलाईनहरु देख्दा मनस्थिति खल्बल्लिहाल्छ । एक त मानसिक तनाव अर्कोतिर परिवार आफन्तबारे सोचाई साचै पिडादायक बनाए कतिपय भ्रमका खेती गर्ने संजालका पात्रहरुले । कोही छटपटिएको, कोसैले दुःख पाएको सुचना अनि कोसैको मृत तस्विरले भोलि हामी सबैको अवस्था यहि तअ होईन भन्ने डरले सधै सताई रहन्छ ।

कामको शिलसिलामा बाहिर हिड्नै पर्‍यो, सुरक्षाका सम्पुर्ण उपाय अपनायो तरपनी हरेक पल हरेक दिन संक्रमित भएँ कि, मेरै कारण अरु कोसैलाई संक्रमण सर्ने होकि भन्ने भयले कहिलै छोड्दैन । यस्तो अवस्थामा आत्मबल कसरी बढ्छ ? अनि कसरी आफू आत्मबिश्वासी बनेर अरुलाई सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ?

यस्ता अवान्छित, कपोल्कल्पित, भ्रामक र तथ्यहिन सुचना प्रवाहलाई निस्तेज पार्न पछिल्लो समय केही पहलहरु भएका छन् । सामाजिक संजालबाटै यस्ता जमातको चर्को बिरोध भएका छन । यस्तै मध्यको एउटा संजाल भित्रको निकै मार्मिक र सकारात्मक पोस्ट यहाँ प्रस्तुत गरेको छु । उक्त पोष्ट रसुचनामा भनिएको छ, ‘मान्छेको सास गइसक्दा पनि मृतकका आफन्तको सहमति नलिइकन फेसबुकमा फोटो राखेर श्रद्धाञ्जली दिनुहुन्छ हजुरहरू । मृतकका टाढा बस्ने आफन्तहरूलाई परिवारले खबर नदिएको हुनसक्छ । प्रेसर, पेनिक अट्याकजस्ता समस्या भएका आफन्तलाई तपाईंका यस्ता पोष्ले कस्तो असर पर्ला ? उनीहरूलाई पर्ने मानसिक, शारीरिक भावनात्मक, संवेगात्मक असरको जिम्मा तपाईंले लिने ? मृत्युको सूचना दिने जिम्मा आफन्तलाई नै दिऔं हुन्न र ? मृत्युजस्तो कठिन अवस्थामा अलि संवेदनशील बनौं न प्लिज।’

यो पोस्टमा लुकेको भावनात्मक सन्देश बुझ्न प्रयास गर्ने हो भने निकै गहन छ तर हामी यस्ता कुरालाई आत्मसाथ नै गर्दैनौ। मृतकको विभत्स तस्वीर सहितको पोष्ट गर्दैमा सम्मान हुने होईन । सम्मान त तव हुन्छ जव यस्तो दुख र पिडाको घडीमा परिवारलाई सान्त्वना र आड भरोसा दिन सकिन्छ । मृतकको सम्मान तव हुन्छ जवयस्तै संक्रमणबाट मृत्युको मुखमा पुगेका अरुलाई जोगाउन सकिन्छ। हो तपाईं सकारात्मक बन्नुहोस अनि अरुलाई सकारात्मक उर्जासहित आत्मबल र आत्मबिश्वास बढाउन सघाउ पुर्‍याउनुहोस अनि मृत आत्माले सम्मानको महसुस गर्नेछ ।

स्वास्थ्य बिज्ञहरु पनि संजालमा चाहिने भन्दा नचाहिने कुरा बढी सम्प्रेषण हुँदा समस्या अरु बढेकोमा चिन्तित छन् । अहिले प्रबिधिको कारण धेरै मानिसहरु सामाजिक सञ्जाललाई सूचनाको स्रोत ठानेर बसिरहेका हुन्छन् त्यो एक हिसाबले सहि पनि हो । तर आफुले सुचनाको स्रोतको रुपमा लिगेको संजालले आफ्नै आत्मबल कमजोर भैरहेको पत्तै हुँदैन । स्वास्थ्य विज्ञहरु भन्छन गलत सूचना तथा मृतकको फोटोले सामान्य मान्छेलाई भन्दा बिरामी व्यक्तिलाई ठुलो असर गर्छ । बिरामीलाई हतोत्साही बनाउछ, बाँचिन्छ भन्ने आशा नै हराउँछ, आत्मबल गिर्दै जान्छ अनि अन्तमा यहि कारण मृत्युु पनि हुन जान्छ । त्यसैले यो संक्रमणको घडिमा कोहि कसैले पनि अफबाह र अतिरन्जित हर्कत सहितको सुचना प्रवाह नगरौं ।

तिब्र आत्मबल र आत्म विश्वासले धेरै रोगलाई परास्त गर्न सकिन्छ । भनिन्छ कुनै पनि रोगको ५० प्रतिशत उपचार आफै भित्र रहेको आत्मबल र सकारात्मक सोच हो । अहिलेको यो संक्रमणको अवस्थामा त झन प्रत्यक व्यक्ति (विरामी होस वा सामान्य) पहिलो प्राथमिकता नै यहि हुनुपर्छ ।

अहिलेको हाम्रो प्राथमिकतामा राख्नु पर्ने कुराहरु आफूले आफैंलाई सक्दो माया गर्ने अनि अरुलाई मायाको महसुस गराउने, घरमै मनपर्ने खेल खेल्ने, टेलिभिजन युट्युबहरुमा सकारात्मक उर्जा प्रदान गर्ने भिडियो तस्विरहरु मात्र हेर्ने, शारीरिक अभ्यसमा रमाउने, आफूलाई मन पर्ने खाना बनाएर खाने, मन परेको तरिकाले सोच्ने, राम्रा र रमाइला कहानी सहितका किताब हरु पढ्ने अनि गलत सूचना र भ्रमको खेतीबाट बिल्कुल टाढा रहने जस्ता गतिबिधीहरु हुनुपर्छ ।

सामाजिक सञ्जाललाई बिल्कुल आफन्तसँग भेट्ने र कुरा गर्ने माध्यम मात्रै बनाउने कोसिस गरौं । जे देख्यो त्यही खोलेर नहेरौ, हमेसा सकारात्मक सोच र दृढ आत्मविश्वास सहित आफुलाई दृढ र मानसिक रुपमा बलियो बनाएर राखौं । सके सम्म रोग लाग्न नदिउ यदि लागिहाल्यो भने पनि सजिलै परास्त गर्छु भन्ने मनस्थितिमा तयारी भएर बसौं ।