बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड आज देखि सुरु हुने

Avatar photo
Dhadingpost
चैत्र ३०, २०७७

धादिङ चैत्र ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज एक कार्यक्रमका बीच पालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड, मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता तथा मदन भण्डारी फुटबल प्रतियोगिता आजबाट सुरु गर्दै छ ।

गाउँपालिकाको आयोजना तथा चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा बेनीघाट गाउँपालिका भित्र रहेका विद्यालयहरुले भागलिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनु भयो । प्रतियोगिता बैशाख ४ गते सम्म चल्ने छ ।