
धादिङ फागुन २९ । बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागि धादिङबेसी स्थित एड्भान्स एकेडेमीको छात्रा सुस्मिता गुरुङले तृतिय स्थान प्राप्त गरेकी छिन् ।
राष्ट्रिय तेक्वान्दो संघले इटहरीमा आयोजना गरेको राष्ट्रिय प्रतियोगिताको लागि यु १९ तर्फ सुस्मिता गुरुङ तेक्वान्दोको पुम्से विधामा जिल्ला, प्रदेशबाट छनौंट हुँदै राष्ट्रिय प्रतियोगितामा भाग लिएकी हुन् ।
