
धादिङ फागुन १५ । बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा विजयी बनेको धादिङ समाज धादिङका खेलाडीहरुलाई जिल्ला फुटबल संघ धादिङले सम्मान गरेको छ ।
गजुरी गाउँपालिका आदमघाट स्थित जिल्ला फुटबल संघको कार्यलयमा काठमाडौंलाई हराउँदै प्रदेश विजेता बनेका धादिङ समाज धादिङका खेलाडीहरुलाई संघले सम्मान गरेको हो ।
- धादिङ, प्रदेश च्याम्पियन बन्दै, नगद ५ लाख जित्यो
- धादिङ समाज धादिङको प्रदेश लिग च्याम्पियन यात्रा (यस्तो थियो)
- धादिङका दिपक राना उत्कृष्ट कोच घोषणा
जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश अधिकारी, दिपसागर श्रेष्ठ, महासचिव रामहरी थापा लगायतले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।
उद्घाटन सत्र देखि धादिङका खेलाडीहरुको मनोबल उच्च राख्न नुवाकोट बट्टार खेल मैदानमा नियष्मित पुग्ने गर्नुभएका जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा भने कार्य व्यस्थताका कारण काठमाडौंमा रहनु भएकोले सम्मान कार्यक्रम सहभागि हुन नसक्नु भएको महासचिव थापाले धादिङपोष्टलाई बताउनु भयो ।
