रोटरी क्लब धादिङद्वारा विद्यार्थीलाई स्वास्थ्य सामाग्री सहयोग

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७७

धादिङ फागुन ११ । रोटरी क्लब अफ धादिङले ११६ रोटरी दिवसको अवसरमा विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

नीलकण्ठ नगरपालिका ८ स्थित स्वावलम्बी बहिरा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाइ रोटरीले उक्त सहयोग गरेको हो ।

सहयोग गरेको सामाग्रीमा दन्त मन्जन, ब्रस, मास्क, साबुन, सेनिटाइजर, हात धुने सोलुसन, डिजिटल थर्मामिटर लगायत रहेको छ ।