धादिङ गोल्ड कप गर्दै छौं -दिपक खतिवडा

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७७

धादिङ फागुन ७ । जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले अब छिट्टै प्रथम धादिङ जिल्ला गोल्ड कप को आयोजना गरिने घोषणा गर्नु भएको छ ।

बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको विहिबार भएको उद्घाटन समारोहमा प्रतियोगिताको शुभकामना मन्तव्यका क्रममा अध्यक्ष खतिवडाले अब छिट्टै धादिङ जिल्ला गोल्ड कप प्रतियोगिता हुने घोषणा गर्नु भएको हो ।

जिल्लमा ४ वटा खेल मैदानहरु तत्काल प्रतियोगिता संचालन गर्न सक्ने गरि पूर्वाधार विकास भएको बताउँदै उहाँले अब धादिङमा गोल्ड कप प्रतियोगिता हुन्छ एन्फाले नै आयोजना गर्ने बताउनु भएको थियो ।

नुवाकोटको बट्टार खेल मैदानमा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता फागुन १३ गते सकिने छ । फागुन ६ गते देखि १० जिल्लाका १० टिमले खेल्ले यो गिल प्रतियोगितामा पहिलो दिन फागुन ६ गते नुवाकोटले सिन्धुलीलाई २ गोलले हराएको थियो भने धादिङ र दोलखाले २-२ गोल गर्दै बराबरी खेलेका छन् ।

अब धादिङको अर्को खेल फागुन ८ गते सिन्धुली र १० गते नुवाकोट सँग हुनेछ ।

५ लाख पुरस्कार राशीको यस प्रतियोथितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले यो प्रतियोगिता आकर्षक पुस्कार राशीको भएको जनाएको छ ।

बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको लागि यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

Bipin Kandel
Ravi Bhandari
Sarju Gurung
Bimal Tamang
Nirmal Gurung
Anmol Bhandari
Saroj Pandey
David Tamang
Suroj Gurung
Chaturman Tamang
Ishwor Tamang
Arjun Rokka,
Labish Thapa,
Tara Magar,
Rajesh Bhandari,
Urgen Sherpa,
Anil Tamang.

कुन समुहमा कुन टिम

पहिलो समुहमा
नखिपोट युवा क्लव ललितपुर
सौराहा युवा समाज चितवन
न्यू जेनेरेशन युवा क्लव सिन्धुपाल्चोक

दोस्रो समुहमा
नुवाकोट युनाईटेड फुटबल क्लव नुवाकोट
धादिङ समाज धादिङ, धादिङ
टाईगर टिम तिखातल दोलखा
नमुना जनउत्थान क्लव, सिन्धुली

तेस्रो समुहमा
वाईन्ड स्पोर्टस एक्सपोर्टस काठमाडौं
न्यू डाँफे युवा क्लव दोलखा
आकाशभैरव क्लव काभ्रे

यस्तो छ, खेल तालिका

फागुन ६ गते -नुवाकोट VS सिन्धुली
फागुन ६ गते -धादिङ VS दोलखा
फागुन ७ गते -काठमाडौं VS काभ्रे
फागुन ७ गते -ललितपुर VS सिन्धुपाल्चोक
फागुन ८ गते -धादिङ VS सिन्धुली
फागुन ८ गते -नुवाकोट VS दोलखा
फागुन ९ गते -काभ्रे VS मकवानपुर
फागुन ९ गते -चितवन VS ललितपुर
फागुन १० गते -नुवाकोट VS धादिङ
फागुन १० गते -दोलखा VS सिन्धुली
फागुन ११ गते -काठमाडौं VS मकवानपुर
फागुन ११ गते -चितवन VS सिन्धुपाल्चोक

सेमी फाईलन

फागुन १२ गते -पहिलो समुहको विजेता VS तेस्रो समुहको बिजेतो
फागुन १२ गते -दोस्रो समुहको विजेता VS समुह पहिलो दोस्रो तेस्रोको उत्कृष्ट विजेता
फाईनल फागुन १३ गते -म्याच नम्बर १३ को विजेता VS म्यान नम्बर १४ को विजेता बीच