
धादिङ माघ २७ । धादिङको गलौंदी स्थित खेल मैदानमा माघ २४ गते यु-१३ को फुटबल खेलाडी छनौंट प्रतियोगिता भयो । उक्त प्रतियोगितामा जिल्ला फुटबल संघले प्रदेशका लागि १५ जना खेलाडी छनौट गर्यो । खेल हेर्न उपस्थित दर्शकहरुको मन खिच्न सफल तस्वीरमा देखाईएका यी दुई बालक भने प्रतियोगिताको छनौंटमा परेनन् ।
छनौट प्रक्रिया सकिए पछि खेल प्रशिक्षक दिपक राना र संघका महासचिव रामहरी थापाले यी दुई खेलाडीलाई छुट्टै भेटे र भने तिमीहरुको खेल उत्कृष्ट छ, प्रतियोगितामा जसरी प्रस्तुत भयौं त्यसले फुटबलमा तिमीहरुको भविश्य देखिएको छ । अब ग्रासरुट खेल हुन्छ तिमीहरु आउनु अहिले छनौंटमा नपरे पनि फुटबलमा तिमीहको भविश्य देखिन्छ ।
यी दुई मध्य विकट बस्ती ताल्तीका राजेन्द्र तामाङ भर्खर ११ वर्षका छन् भने अर्का हुन् कुशल घले मलेखुका हुन्, अहिले १० वर्षका भए ।
